२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गत इंग्ल्यान्डले जित निकालेको छ । मंगलबार दिउँसो ब्रिस्बेनको द गाबा मैदानमा सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गरेको हो ।

१८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १५० रनमात्र बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । केन विलियम्सले ४० बलमा ४० रन बनाउँदा मिचेल सान्टनर १० बलमा १६ रनमा अविजित रहे ।

इंग्ल्यान्डका साम करनले दुई विकेट लिए भने मार्क वुड र बेन स्टोक्सले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १७९ रन जोड्यो । इंग्ल्यान्डका लागि कप्तान जोस बटलरले ४७ बलमा ७३ रनको योगदान दिए । उनले ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, एलेक्स हेल्सले ४० बलमा ५२ रन, लियाम लिभिङ्स्टोनले १४ बलमा २० रनको योगदान दिए ।

न्युजिल्यान्डका लोकी फर्गुसनले दुई विकेट लिए भने टीम साउथी, मिचेल सान्टनर र इश सोढीले एक–एक विकेट लिए ।