२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्छः रायमाझी



अ+ अ-

अर्घाखाँची । नेकपा (एमाले) केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले जिल्लामा भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा रहेका उनले जनताको घरदैलो कार्यक्रमका क्रममा सो कुरा बताएका हुन् ।

गत निर्वाचनमा विजयी उनले जिल्लामा भौतिक विकासको मात्रै आवश्यकता नभई शिक्षा,सचेतना र स्वरोजगारको पनि महत्व र आवश्यकता रहेको हुँदा आगामी निर्वाचनपछि सडक,भौतिक पूर्वाधारसँगै शिक्षा,स्वास्थ्य,स्वरोजगारलाई विशेष प्राथमिकता दिइएने बताए ।

रायमाझीले भने ‘मुख्यतया अर्घाखाँची पहाडी क्षेत्र भएको हुनाले सडक पूर्वाधारलाई बढी प्राथमिकता दिइयो । तर,शिक्षा,स्वास्थ्य,स्वरोजगारका क्षेत्रहरुको विकासका लागि पनि सोहीअनुसारका संरचना विकासको आवश्यकता महसुस गरेको छु । आगामी निर्वाचनपछि जिल्लाको चौतर्फी विकासमा केन्द्रित हुने छु ।’

उनले मुलुकमा समृद्धिको खाका कोर्ने र त्यसलाई पूरा गर्ने योजना र सामथ्र्य नेकपा एमालेसँग मात्रै रहेको दावी गर्दै आफू लगाएत एमालेका उम्मेद्वारलाई मत दिन आग्रह समेत गरे ।

उनले अगाडी भने ‘ म यहाँहरु माझ निरन्तर आएको छु र, आउने छु । त्यसका लागि म लगाएत एमालेका साथीहरुलाई मत दिनुहोला । मुलुक संकटमा छ यो संकट हटाउँदै समृद्धि ल्याउने योजना रसामथ्र्य एमालेसँग मात्रै छ । वर्तमान सरकारको नेतृत्व त देख्नु भएकै छ ।’