३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको प्रतिबद्धताः ‘एक परिवार एक रोजगार’, अन्यलाई बेरोजगार भत्ता (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने जनाएको हो ।

श्रम संस्कृतिलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारमा जानुअघि श्रमिकलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्ने व्यवस्था गरिने जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने जसपाले जनाएको छ ।

जसपाले बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई रोजगारीको विशेष व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने अनियमितता र शोषणलाई अन्त्य गर्न सम्बन्धित मुलुकको दूतावासमा विशेष कक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

एपमार्फत बजार विस्तार
जसपाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण मोबाइल एपमार्फत गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । नेपालका आदिवासी जनजातिका सीप, कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गर्न ‘मेक इन नेपाल बाई इन्डिजिनियस ह्यान्डस्’ नारा तय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/Nirwachan-Ghosanapatra-2079-Final-.pdf” title=”Nirwachan Ghosanapatra 2079 (Final )”]