२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ



अ+ अ-

एजेन्सी । श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई टी–२० विश्वकपका क्रममा बलात्कारको आरोपमा शनिबार सिड्नीमा पक्राउ गरिएको हो ।

शनिबार भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै श्रीलंका फाइनलबाटै बाहिरिएको थियो । इंग्ल्यान्ड र श्रीलंका खेलपछि दानुष्का पक्राउ परेका थिए । दानुष्का हाल श्रीलंकाको टोलीमा परेका छैनन् ।

उनी छनोट चरणमा चोटका कारण टोलीबाट बाहिर भएका थिए । यद्यपि उनी टोलीसँग यात्रा गरिरहेका थिए । द अष्ट्रेलियनको रिपोर्ट अनुसार उनीमाथि चारवटा बलात्कारको आरोप लगाइएको छ ।

२९ वर्षीया महिलाले उनीमाथि बिना सहमति यौनसम्पर्क गरेको आरोप लगाएकी छन् । ती महिलाले गुणातिलकेलाई डेटिङ एपमार्फत भेटेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बलात्कारको घटना यस हप्ताको सुरुमा सिड्नीको एक निवासमा भएको थियो । राति होटलबाट पक्राउ परेका उनलाई आज अदालतमा पेश गरिने छ ।

श्रीलंकाको टोलीको टी–२० विश्वकप यात्रा छनोटअन्तर्गत सुपर–१२ सम्म रह्यो । श्रीलंकाले समुह लिगमा ५ खेलमध्ये २ खेल जित्यो भने ३ खेलमा हार ब्यहोर्यो ।