१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चोली मैलै भो‘ गीतका गायक प्रकाश दूतराजद्वारा अष्ट्रेलियामा आत्महत्याको प्रयास



अ+ अ-

काठमाडौं । पछिल्लो समय युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको छ ।

दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियामा गायिका भूमिका गिरी र दूतराज दुवै जनालाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । दूतराजले सोही फ्ल्याटको आफू सुत्ने कोठामा झुण्डिने प्रयास गरेका हुन् । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनलाई उद्धार गरेको आयोजक स्रोतले बतायो ।

दूतराजले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने छन् ।

दूतराजले गाएका ‘घर कता हो बैनीको‘, ‘जाम भो माइली‘, ‘चोली मैलै भो’, ‘रेलिमाई‘’ लगायत गीतहरू युवापुस्तामाझ निकै चर्चित रहेका छन् ।