१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै, एमालेलाई सघाएको आरोप



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) लाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका एक मन्त्रीलाई हटाउने तयारी गरिएको छ ।

प्रदेशका ऊर्जा तथा सिँचाइमन्त्री हरिशरण आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनलाई उनकै पार्टीको निर्देशनमा हटाइन लागिएको बताइएको छ ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा गोरखा निर्वाचन क्षेत्र नं २ को १ बाट आचार्य बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

आसन्न निर्वाचनमा उनलाई टिकट नदिएर प्रदेशसभामा फणिन्द्र देवकोटालाई उम्मेदवार बनाइएपछि उनी असन्तुष्ट रहेका थिए । देवकोटा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट उम्मेदवार बनेका हुन् ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएका थिए । तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको उनीमाथि आरोप लगाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्य मन्त्रीलाई हटाउन प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको बताइएको छ ।