२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ओरालो लाग्ने क्रम जारी



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्री हुँदा रु एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ५४ र जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूहमा नौ दशमलव २१, व्यापार समूहमा २१ दशमलव ७८, होटल तथा पर्यटन समूहमा २८ दशमलव दुई र जलविद्युत् समूहमा ४१ दशमलव १८ अङ्कको गिरावट देखिएको छ ।

वित्त समूहको उपसूचक ३८ दशमलव ४७, उत्पादन समूहको उपसूचक ६३ दशमलव ९७, लघुवित्त समूहको उपसूचक ५० दशमलव ५७, म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १६ र अन्य समूहको उपसूचक ३३ दशमलव ५७ अङ्कले घटेको पनि नेप्सेले जनाएको छ ।

आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको घटेको छ ।सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर तीन दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव ९१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु १० करोड २२ लाख ३५ हजार चार सय २८ बराबरको एक लाख ६२ हजार एक सय १५ कित्ता शेयर किनबेच भएको छ ।




भर्खरै