८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई हर्क साम्पाङको जवाफः एमालेले ३० वर्षमा गर्न नसकेको काम मैले चार महिनामा गरेँ



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा गरेको दाबी गरेका छन् ।

शुक्रबार चुनावी प्रचारप्रसारको क्रममा धरान पुगेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशीको पानी तानेर एमालेले डाँडामा ल्याउने दाबी गरेका थिए ।

धरानमा पानीको विकराल समस्या भएको तर मेयर छान्ने बेलामा धराने जनताले आँखा नदेखेको भन्ने टिप्पणी गरेपछि मेयरले साम्पाङले धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई ओलीले अपमान गरेको टिप्पणी गरेका हुन् ।

‘मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।