८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट



अ+ अ-

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

यही कात्तिक २३ गते निधन हुनुभएका उहाँको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गौँडाकोटस्थित सापकोटा निवास पुग्नुभएको हो ।

नेपाली कांग्रेसको राजनीतिमा स्व. सापकोटाले पु¥याउनुभएको योगदानप्रति आभार प्रकट गर्दै उहाँको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्दनका दृष्टिमा पनि अतुलनीय उहाँले सो पुस्तकमा लेख्नुभएको लेखमा चर्चा गर्नुभएको छ ।

सो अवसरमा कांग्रेसका नेता प्रा डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो ।

गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिनुभएका उहाँ नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिनुहुन्थ्यो । सापकोटा दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।