२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा नानो युरिया मलको बिक्री शुरु



अ+ अ-

काठमाडौँ । नेपालमा नानो युरिया मलको बिक्री शुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सिजी एग्रोले बिक्री शुरु गरेको हो ।

आईतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रिय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण शुरु भएको घोषणा गर्नुभयो । इण्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इण्डियाले उत्पादन गरेको सो मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ ।

सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कनसकिने जनाइएको छ । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नेपालमा नानो युरिया मल भित्राइएको बताउनु भयो ।

नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल भएको बताइएको छ । यसले बिरुवाको वृद्धिविकासका लागि आवश्यक पर्ने पोषक तत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ ।

नानो युरिया मललाई पातबाट छर्किने जानकारी दिइएको छ । १ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कनसकिने कम्पनीले जनाएको छ । बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुईपटक छर्किनुपर्ने बताइएको छ ।