२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनले रोकेन युवालाई विदेशिन, असोजमा ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति



फाईल फोटो
अ+ अ-

काठमाडौं । मंसिर ४ गते देशभर एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी हुँदैछ । तर, मतदाता भने रोजगारीको खोजीमा देश छोडेर विदेशिन वाध्य छन् । झन वैदेशिक रोजगारीमा जानेको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ ।

गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जान ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष र ५ हजार ४१० जना महिला रहेका छन् ।

असोज महिनामा सबैभन्दा बढी मलेसिया जान श्रम स्वीकृति लिएका छन् । विभागको अनुसार मलेसिया जान असोजमा २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको आुसार आर्थिक वर्ष २०७९र८० पछि वैदेशिक रोजगारीमा जानेहरुमा साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएका छन् ।