२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाताको रोजाइमा पर्नेछु– आकर्षण पोखरेल



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारहरुका एजेन्डा र सक्रियताप्रति मतदाताहरु पनि आकर्षित भएको आफूले पाएको दाबी गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आफू हाम्रो नेपाली पार्टी र लौरो चिन्ह अभियानबाट उम्मेदवार रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले आफू विजयी हुने दाबी गर्दै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा सुरु भएको परिवर्तन खोज्ने अभियानले नै आसन्न निर्वाचनमा पनि निरन्तरता पाउनेमा विश्वास छ ।” उहाँले विगतमा वैकल्पिक दलहरु शक्ति आर्जनमा लाग्दा स्थापित हुन नसकेको बताउनुभयो ।

“पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो”, जारी विज्ञप्तिमा भनिएको छ, “परिवर्तनका लागि पद चाहिन्छ भन्ने छैन । नेताहरुले नीति बनाउने र नीति कार्यान्वयन भए विकास हुने उहाँको भनाइ छ । फलानोले जित्यो भने विकास हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ ।”

उहाँले आफू कुनै अमुक दलको उम्मेदवार भएको भनि गरिएको प्रचारको खण्डन गर्नुभएको छ । वर्तमान निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको दाबी गर्दै चुनाव खर्चिलो भएको बताउनुभयो । “हामी गलत अभ्यासमा गइरहेका छौँ, वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

उहाँले आफू पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । “मैले जानेको कुरा समाजलाई दिन्छु भनेर राजनीतिमा आएको हुँ, यदि मेरो सोच र विचार मिल्छ भने ठीक छ होइन भने म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।”




भर्खरै