२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्सको राजधानी मालेमा शुरु



अ+ अ-

माल्दिभ्स । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलन माल्दिभ्सकाे राजधानी मालेमा शुरु भएको छ ।

‘संरक्षण सहितनिर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौं भन्ने नारा सहित शुरु भएको सम्मेलनमा ईफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् । सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिनु भएको छ ।

अध्यक्ष सिंहले विभिन्न चुनौतिका बाबजुद नेपाली निर्माण उद्योगले गति लिइरहेको बताउनु भएको हो । नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङ मार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले जानकारी दिनुभयो । नेपालले सन् २ हजार ३० सम्ममा मध्यम आय भएको राष्ट्रको रुपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रष्टपार्नुभयो । मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिंहले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिता दिएको जानकारी गराउनुभयो ।

पूर्वाधार विकास मार्फत्को आर्थिक विकास प्रक्रिया प्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोहीअनुसार ऐन नियम तर्जुमा भइरहेको उहाँको भनाइ थियो । रुस—युक्रेन युद्धबाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामाग्रीको अभाव, मूल्यवृद्धि, दक्ष तथा प्राविधकि जनशक्तिको अभाव लगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नु परिरहेको उहाँले अवगत गराउनुभयो । नेपालमाहाल १७ हजार भन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाख भन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।

४६ औं ईफाप्का सम्मेलन अबको १२ देखि १८ महिना भित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडौंमा आयोजना हुने जानकारी पनि उहाँले गराउनुभयो । ४५ औं सम्मेलनको समाप्तिसँगै महासंघका अध्यक्ष सिंह नै ईफाप्काको अध्यक्ष समेत हुनुहुनेछ । ईफाप्का महासचिवको जिम्मेवारी भने महासंघका सल्लाहकार विरेन्द्र पाण्डेले सम्हाल्नु हुनेछ । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो ।