२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित



अ+ अ-

मनाङ: नेपाली काँग्रेसका टेकबहादुर गुरुङ मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । यो सहित काँग्रेसले दुई स्थानमा विजय हासिल गरेको छ । एक स्थान नेकपा एमालेले जितेको छ ।

गुरुङले ३२८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्नु भएको हो । काँग्रेसका गुरुङले २ हजार ५७५ मत प्राप्त गर्नु भएको थियो भने एमालेका गुरुङले २ हजार २४७ मत ल्याउनु भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ र प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्वाचित हुनु भएको छ ।

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको थियो । कूल मतदाता ६ हजार ७७९ रहेकोमा ४ हजार ८४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।