२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि



अ+ अ-

कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहनुभएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहनुभएको छ । क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहनुभएको छ ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एकसय ६२ मतसहित पछ्याइरहनुभएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिन्नुभएको छ । कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाउनुभएको छ ।

निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को मतगणना अहिले बिहान ८ बजेबाट गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति बन्न नसकेपछि सुरु हुन नसकेपछि यो क्षेत्रको मतगणना ढिलो गरी सुरु हुन लागेको हो । बैठकमा वडातह अनुसारको मतपेटिकाको मत गणना गर्नुपर्ने मागमा सहमति जुट्न सकेको थिएन ।

निर्वाचनको मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि विभिन्न दलका कार्यकर्ताले सोमबार नाराबाजीसमेत गरेका थिए ।