२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्छु– गगन थापा



अ+ अ-

काठमाडौँ। काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्ने बताउनुभएको छ ।

निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै उहाँले मुलुक चलाउनका लागि युवा नेतृत्वको खाँचो रहेको भन्दै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो । अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको उहाँको भनाइ थियो । “त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ” उहाँले भन्नुभयो ।

थापाले जारी निर्वाचनमा नेकपा (एमाले)का राजन भट्टराईलाई पराजित गर्नुभएको हो । जम्मा कुल ४५ हजार ५०३ मत खस्ता थापाले २१ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो । भट्टराईले भने १३ हजार ८५५ मत हासिल गर्नुभयो ।