८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी



अ+ अ-

काठमाडौँ । कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् ।

निकतम प्रतिस्पर्धी सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीसँग पाँच हजार तीन सय ७१ मत अन्तरले २३ हजार एक सय २० मतसहित गङ्गाराम निर्वाचित भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कृष्णकुमारले १७ हजार सात सय ४९ मत प्राप्त गरे ।

नेकपा एमालेका गौरीशङ्कर चौधरीले नौ हजार आठ सय ७४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले सात हजार ४७ मत प्राप्त गरे । एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको उक्त क्षेत्रमा ६३ हजार चार सय ४० मत खसेको थियो ।

उक्त क्षेत्रमा चार हजार २१ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न पछि अहिले प्रदेशसभा सदस्यको मतगणना जारी रहेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताए ।