८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुममा एमालेको अग्रता



अ+ अ-

तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभातर्पm नेकपा ९एमाले० ले अग्रता लिएको छ । एक हजार ३ मतगणना हुँदा एमालेका विजय सुब्बाले पाँच सय ६० मत प्राप्त गर्नुभएको छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिता गुरुङले तीन सय ९७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्पm पनि एमालेका किशोरचन्द्र दुलालले अग्रता पाँच सय ५२ मतसहित अग्रता लिनुभएको छ । कांग्रेसका सन्तोष सुब्बाले तीन सय ८१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा ९माओवादी केन्द्र० ले अग्रता लिएको छ । सो निर्वाचन क्षेत्रमा एक हजार दुई सय ३९ मतगणना हुँदा केन्द्रका दुर्गाप्रसाद चापागाईं ९सचिन० ले पाँच सय ३९ मत हासिल गर्नुभएको छ । एमाले तेजमान कन्दङवाले चार सय ८४ मत ल्याउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र १ को मतगणना छथर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र २ को आठराई गाउँपालिकाबाट मतगणना हुँदैछ । सदरमुकाम म्याङलुङस्थित सिंहवाहिनी माविभित्र तीन स्थानमा मतगणना भइरहेको छ । कूल ७१ हजार नौ सय ३३ मतदाता सङ्ख्या रहेको तेह्रथुममा ४१ हजार एक सय सय ८० जनाले मतदानमा भाग लिएका छन् । रासस