१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी



अ+ अ-

पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।

कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार छ सय नौ मत ल्याउनुभयो ।

प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरलाई पराजित गर्नुभयो । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गर्नुभयो ।

जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।