२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खादा र माला होइन समस्या र सुझाव लिएर आउन रविको आग्रह



अ+ अ-

काठमाडौं । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धता अनुरुप आजैबाट काम सुरु गर्ने जनाउनुभएको छ ।

विजयी भएपछि सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला।

उहाँले लेख्नुभएको छ-

राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ। म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न।

म विजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०, गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा ‘धन्यवाद सभा’ गर्दैछु। एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फूल माला अबिर खादा केही पनि नल्याउनु होला।

म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिकाू’ लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ।

म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु।।।