२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।

कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।

समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई/दुई वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ ।

त्यस्तै इरानले इंग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ ।

अब यही मङ्सिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।