२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित



अ+ अ-

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गर्नुभएको हो । उहाँले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाउनुभएको छ ।

यस्तै कपिलवस्तु–२ प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँ आठ सय ९१ मतान्तरले निर्वाचित हुनुभएको हो ।

पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गर्नुभएको छ ।