२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर शर्मा एक्सनमा -निशुल्क उपाचार गर्ने ५० शैयाको क्याबिनको उद्घाटन



अ+ अ-

मोरङ । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरे अनुसार सेवा शुभारम्भ गर्नु भएको हो ।

शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो ।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा शुभारम्भ गर्दै शर्माले भविष्यमा अझ बिस्तार गरिने बताउनुभयो । हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा। शर्माले भन्नुभयो । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा। सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हो।
शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो ।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा शुभारम्भ गर्दै शर्माले भविष्यमा अझ बिस्तार गरिने बताउनुभयो ।हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा। शर्माले भन्नुभयो ।
सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पुरा गर्ने गरि काम सुरु भएको बताउनु भएको छ । जनताले नकै ठुलो विश्वास र भरोसाका साथ आफुलाइ निर्वाचित गरेको भन्दै शर्माले आफु जनताको त्यो विश्वास र भरोसा टुट्न नदिने गरि काम गर्ने बताउनु भयो । जनतासंग मत लिने र एकै पटक पाँच वर्षपछि भोट माग्न आउने प्रवृति विरुद्ध जनताले भोट दिएका कारण जनताको त्यो आशिर्वाद सधैं शिरमा राखेर हिड्ने शर्माको भनाइ थियो ।

शर्माले मोरङ ३ बाट पूर्व मन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराउनुभएको थियो । उहाँ ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको यो पहिलो जित पनि हो ।




भर्खरै