२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी १ मा अशोक राईको अग्रता



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोक राईले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामानुसार राई राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङ भन्दा ११८ मतले अगाडि रहेका हुन् ।

अहिलेसम्म सुनसरी–१ मा ६७ हजार १२३ मत गनिएको छ । त्यसमध्ये राईले १४ हजार १०५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी तामाङले १३ हजार ९८७ मत पाएकी छन् ।

सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९९० मत ल्याएकी छन् । स्वतन्त्र उमेदवार मनोज मेन्याङ्बोले ६ हजार ९२९ मत पाएका छन् ।

अब बराह नगरपालिका–५ र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडाको मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।