२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपार मादी हाइड्रोपावरको आइपिओ आउँदै



अ+ अ-

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ० स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो ।

आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका १ र २ का स्थानीयवासीका लागि तीन लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि सात लाख ३५ हजार कित्ता शेयर निष्कासन हुने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

त्यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ ।

स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीको भनाइ छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

लगानीकर्ताले एनसिसी बैंक, कुमारी बैंक तथा माछापुच्छ्रे बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको आयोजना स्थलबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारिमा रहेको नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फतआवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ