२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ बजारको मुहार फेर्ने प्रयास, बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध



बागलुङ बजार
अ+ अ-

बलेवा । बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सौन्दर्यीकरण गर्ने उद्देश्यले नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको बताउनुभयो ।

नगरपालिकाले पुराना तार तथा अन्य संरचना हटाउन लागेको भन्दै नगरवासीलाई घरमा रङगरोगन गरी सहयोग गर्न आग्रह समेत गरेको छ । बजारमा सडक अवरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो ।

बजारको सौन्दर्यीकरणमा समेत असर गरेकोले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो ।

उहाँले पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाइने जानकार दिनुभयो । जसअन्तर्गत हालसम्म ३५ पुराना पोल हटाइएको छ ।

“पहिलो चरणमा नगरपालिकाको वडा नं। १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोल हटाउन लागिएको हो”, घिमिरेले भन्नुभयो ।

नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाए पनि बीचमा काम रोकेको थियो ।।

बागलुङमा विद्युत् प्राधिकरणले नाङ्गो तार विस्थापित गरी नयाँ पोलमा कभरसहितको एबिसी तार राखेपछि पुराना पोल काम नलाग्ने अवस्थामा छन् । तर इन्टरनेट तथा केबलका तार नहटाउँदा जीर्ण बनेका पोलका कारण बजार क्षेत्रको सौन्दर्य कुरुप बन्दै गएको थियो ।

बागलुङमा नेपाल टेलिकमले समेत फाइबर नेट सञ्चालन गरेर अव्यवस्थित तारलाई प्रतिस्थापन गरिसके पनि निजी इन्टरनेट कम्पनीका तारले पुराना पोल हटाउन सकिएको थिएन ।

निजी इन्टरनेट कम्पनीका तारलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोल हटाएको नगर प्रमु्ख श्रेष्ठको भनाइ छ ।

बजार क्षेत्रमा चार÷पाँच सय अव्यवस्थित पोल रहेकाले बिस्तारै सबै विस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । पोल हटाउनका लागि विद्युत्, टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गरेको र अन्य खर्च नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।




भर्खरै