२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता ८८ मतले मात्र



अ+ अ-

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ८८ मतले मात्र अग्रता गर्नुभएको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार उहाँले २७ हजार ३६७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जगदीशप्रसाद कुसियैतले २७ हजार २७९ मत पाउनुभएको छ । मतगणना जारी छ । अहिले एमालेको पकड क्षेत्रमा भएको मतदानको मतगणना भइरहेको बताइएको छ ।

सुनसरी–४ मा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा एमालेमा ६ सय ६ मत थपेपछि मतगणना स्थगित भएको थियो । तर सुनसरी–४ का मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले कर्मचारीको गल्तीले एमालेमा थपिएको ६ सय ६ मत हटाइएकोले कुनै विवाद नरहेको बताउनुभएको थियो ।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि एवं कानूनमन्त्री कार्कीले मतगणना स्थगित भएपछि पुनः मतगणनाको माग गर्नुहुँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो ।

शुक्रबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना सुचारु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको थियो ।




भर्खरै