२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई परिवारको विवादमा धनुषामा एकजनाको हत्या, चारजना घाइते



अ+ अ-

काठमाडौँ । दुई परिवारको विवादमा घरेलु हतियारको प्रहारबाट धनुषामा एकजनाको हत्या भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् । मिथिला विहारी नगरपालिका–४ रमौलका ५३ वर्षीय प्रभु यादवको हत्या भएको हो ।

घटना बिहीबार राति ८ बजे भएको हो । स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर प्रभु यादवमाथि घरेलु हतियार प्रहार गरेको उनका छोरा अशोक यादवले बताएका छन् । बुबाको घटनास्थलमै मृत्यु भएको थियो ।

सो घटनामा प्रभुकी श्रीमती महाजनीदेवी, जेठो छोरा जगरनाथ, माहिलो छोरा सन्तोष र कान्छो छोरा अशोक घाइते भएका छन् । प्रहरीका अनुसरा सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुई वटा औँला काटिएका छन् । अन्य सामान्य घाइते छन् । घाइतेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रहरीले दुई परिवारबीचको विवादमा प्रभुको हत्या भएको आशंका गरेको छ । केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

मृतक प्रभुका कान्छा छोरा अशोकले राति ८ बजे खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेको थियो ।

झण्डै दुई महिनाअघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई विवाद भएको बताइएको छ । विवाद बढेपछि गाउँलेहरुको भेलामा सुरजले प्रभुसँग माफी मागेका थिए । बिहीबारको घटना सोही विवादसँग सम्बन्धित रहेको बताइएको छ ।