२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: समूह चरणका ४ खेलहरु हुँदै



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् । समूहगत चरणको अन्तिम दिन समूह ‘एच’ र समूह ‘जी’ बाट प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्ने छ।

यस्तै समूह एचमा रहेको पोर्चुगलले दक्षिण कोरिया र उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छन् । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगलले ६ अंक जोडेर नकआउट चरणमा स्थान बनाईसकेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने दक्षिण कोरिया १ अंकसहित तेस्रो र उरुग्वे पुछारमा रहेको छ ।यस समूहबाट अरु टोली पनि नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

समूह जीअन्तर्गत ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्दै छ। दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले ६ अंकसहित नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ३ अंक जोडेर स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ भने क्यामरुन र सर्बिया १/१ अंक जोडेर तेस्रो र अन्तिममा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने उत्तिकै सम्भावना रहेको छ ।

३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका कतार विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।