२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएः निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औंपचारिक जानकारी गराउनु भएको हो । जस अनुसार एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भईसकेको छ ।

न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकि रहेको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘हालसम्म आज २०७९ साल मंसीर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्रि भईसकेको अवस्था छ । सिष्टममा इन्ट्री भईसकेको आधारमा त्यो गणना भएको मतको आधारमा ७ वटा राजनीतिक दलहरुले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ । त्यसपछि मत गणना भईसकेको निर्वाचन अधिकृतज्यूहरुलाई आयोगबाट समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्राप्त गणना गरेको मत सदर मत, बदर मत र राजनीतिक दलहरुले प्राप्त गरेको मतको हार्ड कपी र सफ्ट कपी दुईटै आयोगमा पेश गर्न भनेर हामीले पत्राचार गरेका थियौं । धेरै ठाउँबाट प्राप्त भईसकेको छ । र, प्राप्त भईसकेको आँकडा अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका कार्यक्रममा त्यो इन्ट्र हुँदैछ । त्यसपछि यही क्रममा बाजुरा जिल्ला, दोलखा जिल्ला र स्याङजा जिल्ला तीन वटा ठाउँमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको र प्रदेशसभा प्रत्यक्षतर्फको मत गणना चालु छ । त्यहाँबाट समेत मत गणना समाप्त भएर आयोगमा डाटा आईसकेपछि कुन दलले कति संख्यामा समानुपातिक मत प्राप्त गर्नु भयो भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ ।

सम्भवत दोलखा, बाजुरा र स्याङजा जिल्लाको मत गणना समाप्त भईसकेपछि समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको दलले प्राप्त गरेको समानुपातिक मत निक्र्यौल गर्न सकिन्छ । सम्भवतः अव धेरै दिन नलाग्ला । मत गणना सुरु भईसकेको छ ती ठाउँहरुमा पनि । अव हामी अनुमान गरौं–२० गते भित्र समानुपातिक निर्वाचन प्रणाली अन्तरगत राजनीतिक दलहरुले प्राप्त गरेको मत संख्या निक्र्यौल गर्न सकिन्छ भन्ने लाग्छ मलाई ।’

आयोगले ४ दिन भित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ । दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्द सूचिमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्द सूचिमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन । त्यसो गर्दा एक तिहाई महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराउनु भयो ।