२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरसँग लडिरहेका पेलेले आफ्ना फ्यानलाई दिए विशेष सन्देश



अ+ अ-

साओ पाउलो । ब्राजिलका दिग्गज फुटबलर पेलेले आफू ‘बलियो’ महसुस गरिरहेको र सबैलाई ‘शान्त र सकारात्मक’ रहन आग्रह गरेका छन् ।

पेले अहिले लाइफ सपोर्टको अन्त्यमा रहेको रिपोर्टमा भनिएको बेला उनले यो सन्देश दिएका हुन् । तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पेटको क्यान्सरको उपचार गराइरहेका छन् । उनी हाल साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना छन्।

प्रशंसकहरुलाई दिए म्यासेज

पेलेले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्ना प्रशंसकहरूलाई सन्देश दिएका छन् ।

उनले लेखेका छन्, “मेरा साथीहरू, म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु। म धेरै आशा र उपचारको साथ बलियो छु। मैले पाएको हेरचाहका लागि म सम्पूर्ण मेडिकल र नर्सिङ टोलीलाई धन्यवाद दिन चाहन्छु। मलाई भगवान्मा धेरै विश्वास छ र संसारभरि तपाईंबाट प्राप्त हुने प्रेमको हरेक सन्देशले मलाई ऊर्जाले भरिपूर्ण राख्छ। सम्पूर्ण कुराका लागि धन्यवाद।”

यससँगै उनले प्रशंसकहरुलाई विश्वकपमा ब्राजिलको खेल हेर्न अपिल गरेका छन् ।

सारा संसार गरिरहेको छ प्रार्थना

पेलेसँग सम्बन्धित समाचार आएपछि सारा विश्वले उनका लागि प्रार्थना गरिरहेको छ । फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेले सामाजिक सञ्जालमा लेखेका छन्, “म राजाको लागि प्रार्थना गर्दैछु।” यसका साथै फ्यानहरुले पनि उनको सुरक्षाको लागि प्रार्थना गरिरहेका छन् ।

अखबारको दावी

ब्राजिलको एउटा अखबारले शनिबार ८२ वर्षीय पेलेले केमोथेरापीको प्रतिक्रिया नदिएको बताएको थियो । उनको शरीरका धेरै अंगले काम गर्न छोडेको पनि बताइएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएको र अहिले अस्पतालमै भर्ना गरिने भएको छ ।
एजेन्सी