२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीको दबाब र्‍याली: वार्ता र सहमतिबाट निकास खोज्न आग्रह (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सहमति र सहकार्यबाट सुकुम्बासी व्यवस्थापनको निकास खोज्न माग गर्दै काठमाडौंमा सुकुम्बासीहरुले दबाब र्‍याली निकालेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आव्हानमा काठमाडौंमा विभिन्न ठाउँमा बसोबास गर्दै आएकासुकुम्बासीले दबाब र्‍याली निकालेका हुन् ।

भूमीहिन, सुकुम्बासीमाथि दमनकारी शैलीमा त्रास फैलाएको उनीहरूको भनाइ छ । उनीहरुले भूमिसम्बन्धी कानून, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार, उठीबासको त्रास अन्त्य गर्न माग राखेका छन् ।

सुकुम्बासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न उनीहरूले अनुरोध गरेका छन् ।

गत मंसिर १२ गते सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाको डोजरसहित थापाथलि पुगेका नगर प्रहरी र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपका क्रममा नगर प्रहरी र सुकुम्बासी बस्तीका केही मानिसहरु घाइते भएका थिए ।