२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ल्याहा बेहुलीले एकै बेहुलासँग बिहे गरेपछि…



अ+ अ-

एजेन्सी । विवाह समारोहसँग सम्बन्धित रोचक र अचम्मलाग्दो भिडियोहरू प्रायः सामाजिक सञ्जालमा देखा पर्छन् ।

हालै भारतको महाराष्ट्रबाट यस्तै विवाहसँग जोडिएको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा आईटी इन्जिनियर जुम्ल्याहा दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जुन देखेर सबै छक्क परेका छन् ।

महाराष्ट्रको सोलापुरमा एउटा अनौठो विवाह भएको छ, यो विवाहमा दुई दुलही छन् तर एक जना दुलहा मात्रै छन् । दुई जुम्ल्याहा दिदीबहिनीले एउटै बेहुलासँग विवाह गरेर सात जन्मको अटुट बन्धनमा बाँधिएको बताइएको छ ।

एउटै बेहुलासँग दुई दिदीबहिनीको विवाह गरेको भन्दै अहिले उजुरी परेको छ । कतिपयले यो विवाहको विरोध गरिरहेका छन् भने कतिपयले यसको खिल्ली उडाइरहेका छन् ।

महाराष्ट्रको सोलापुरमा विवाहको एउटा अनौठो भिडियो भाइरल भइरहेको छ, जहाँ दुई जुम्ल्याहा दिदीबहिनीले एउटै दुलहासँग विवाह गरेका छन् । दुबै दिदीबहिनी पेशाले आईटी इन्जिनियर रहेको बताइएको छ । यो विवाह समारोहको भिडियो भाइरल भएपछि प्रहरीले बेहुलाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

यो विवाह सोलापुरको मालशिरस तहसीलमा गत शुक्रबार भएको बताइएको छ । केही दिनअघि बुबाको मृत्यु भएपछि दुवै जना मालसिरसमा आमासँग बस्दै आएका थिए । दुलहाको नाम ट्राभल एजेन्सी चलाउने अतुल रहेको बताइएको छ । एक पटक रिंकी र पिङ्कीकी आमा बिरामी पर्दा दुवैले उनलाई अस्पताल लैजान अतुलको कार प्रयोग गरेका थिए । यसैबीच अतुल दुवै जुम्ल्याहा दिदीबहिनीको नजिक पुगे, त्यसपछि दुवै दिदीबहिनीले अतुलसँग विवाह गर्ने निर्णय गरे ।




भर्खरै