२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फको मतगणना सकियो, एमालेलाई ३४ सिट, समाजवादी राष्ट्रिय दल बन्न सकेन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो ।

नेकपा एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ। नेपाली कांग्रेसले ३२ सिट माओवादी केन्द्रले १४ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट ,राप्रपाले ७ सिट ,जनमत पार्टी र जसपाले ५/५ सिट पाएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा ११० जना निर्वाचित हुन्छन् ।