२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तर प्रदेशमा यात्रुवाहक बसमा ट्रक ठोकिँदा १८ जनाको मृत्यु



अ+ अ-

भारतको उत्तर प्रदेशमा एउटा यात्रुवाहक बसमा ट्रक जोतिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

हरियाणा राज्यमा काम गर्न गएका र अहिले बिहार राज्यस्थित घर फर्किएका कामदारहरू उक्त दुर्घटनामा परेको बताइएको छ।

सयौँ किलोमिटर टाढाबाट आएको उनीहरूको बस उत्तर प्रदेशको बाराबङ्की जिल्लामा बिग्रिएपछि रोकेर राखिएको थियो।

बुधवार बिहान सबेरै ट्रक आएर जोतिँदा यात्रुमध्ये केही बसमै थिए भने केही नजिकै बाहिर सडकमा सुतिरहेका थिए।

प्रहरीले बीबीसीलाई बताएअनुसार उक्त बसमा क्षमताभन्दा बढी यात्रु चढेका थिए। बस बिग्रिएपछि केही यात्रुहरू सडकमा सुत्न गएका थिए भने चालक बस बनाउने मिस्त्री खोज्न गएको बाराबङ्की प्रहरीका अधिकारी यमुना प्रसादले बताए।

"यो दुःखद घटना हो। पैँसट्ठी जना बोक्ने क्षमता भए पनि झन्डै १४० यात्रु चढेकाले बस बिग्रिएको हुनसक्छ," उनले भने। प्रसादका अनुसार उक्त बसमा एअर-कन्डिशनर भएकाले झ्याल थिएन। त्यसैले गाडी बिग्रिएपछि केही यात्रुहरू बाहिर सडकमा गएर सुतेको अनुमान गरिएको छ।

बाराबङ्कीस्थित अस्पतालहरूमा कम्तीमा ३० जनालाई भर्ना गरिएको छ। तीमध्ये केही गम्भीर घाइते छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।

बिहारबाट मानिसहरू हरियाणा र दिल्लीमा काम गर्न जान्छन्। त्यसरी काम गर्न जाने मानिसहरू भाडा सस्तो पर्ने हुँदा आफ्नो गन्तव्य जाँदा वा घर फर्किँदा प्रायः रेल र बस चढ्छन्।




भर्खरै