२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीका तीन साथीले विश्वकपको सेमिफाइनल खेल्दै



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले अन्तिम चारमा स्थान बनाएका छन् ।

संयोगबस, फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीहरुले सेमिफाइनल खेल्ने भएका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे र मोरक्कोका असरफ हाकिमीले सेमिफाइनलमा आफ्नो टोलीबाट खेल्नेछन् ।

हाकिमी र मेसी सन् २०२१ देखि पीएसजीमा आबद्ध छन् भने एमबाप्पे सन् २०१८ देखि पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । जारी सिजनमा एम्बाप्पेले २० खेल (सम्पूर्ण प्रतियोगिता)मा १९ गोल गरेका छन् भने ५ असिस्ट गरेका छन् । यस्तै, मेसीले १८ खेलमा ११ गोल र १४ असिस्ट गरेका छन् । हाकिमीले २० खेलमा ३ गोल र ३ असिस्ट गरेका छन् ।

१९ खेलमा १३ गोल र ११ असिस्ट गरेका पिएसजीकै नेयमारको टोली ब्राजिल भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।