काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु ३ सयले घटेको हो । हिजो (सोमबार) प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) बढेर प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि घट.र प्रतितोला रु ९१ हजार ३ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १२७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







