२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण, साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नु भएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहणगर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनु भएको छ ।

उहाँले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो । यो शेयर बजारलाई कसरी स्वस्छ रुपमा वृद्धि गर्ने, शेयर कारोबारमा स्वच्छ कारोबार होस् । टान्सफरेन्सी होस्, सबैलाई एउटै किसिमको नियमनकारी भूकिका होस् । नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस्। सबैभन्दा ठूलो कुरा साना लगानीकर्ता मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन । मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठुलो उदेश्य हो ।’

हमाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तपछि हमालले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको थियो ।