२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा



अ+ अ-

काठमाडौँ । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन युलियन अल्भारेजले दुई तथा लियोनल मेसीले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि अर्थात् ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले सेन्टरबाट एक्लै बल लगेर गोल गर्न सफल भए ।

६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । उनलाई मेसीले पास उपलब्ध गराए । अब अर्जेन्टिनाले उपाधिका लागि भोलि हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

यसैबीच, मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथार माथेसको कीर्तिमानलाई बराबरी गरेका छन् । विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान माथेसको नाममा थियो । उनले विश्वकपमा २५ खेल खेलेका थिए । क्रोएसियाविरुद्ध मैदानमा उत्रिदै मेसीले यो कीर्तिमानको बराबरी गरेका हुन् ।