२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा युएइका लागि पहिलो राजदूत नियुक्त



अ+ अ-

तेल अभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ) का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।  दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिनुभएको छ । 

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिनुभयो । 

राजदूतमा नियुक्त हुनुभएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित हुनुहुन्छ । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भन्नुभयो । 

उहाँको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताउनुभयो । (रासस-सिन्ह्वा)