२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते, तीन जनाको अवस्था गम्भीर



अ+ अ-

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड–७ भुजीतर्फ जाँदै गरेको बा११च ७५९२ नंको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको उनले बताए ।

जिप कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइतेमध्ये गम्भीर बिरामीलाई आजै हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।