२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ ।

आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको थियो । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद छन् ।