९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनामनगरमा महानगरले निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयको प्रतिवाद



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिनुभएको छ ।

काठमाडौं महानगरपालिकाले आईतवार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए । निजी जग्गामा पार्किङ गरिएको सवारी उठाएको भन्दै स्थानीयले नियम विपरित काम गर्न महानरका प्रतिनिधिलाई आग्रह गर्दा नगरप्रहरी प्रमुख पाण्डेले गाडीमा आगो लगाउनु भन्दै उत्तेजकप्रेरित अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले महानगरको सवारी नै जलाउन चाहे पनि जलाउनुस् भन्दै भीडलाई थप उत्तेजित बनाएपछि अनामनगर क्षेत्र केही बेर तनाबग्रस्त बनेको थियो । महामनगरप्रहरी प्रमुख पाण्डेले निजी जग्गामा समेत पार्किङका लागि नक्शा पास गरेको हुनुपर्ने जस्ता अपाच्य अभिव्यक्ति दिनुभयो । उहाँले निजी ठाउँमा केही पनि गर्न नपाइने जस्ता अभिव्यक्ति दिनुभएको थियो जसमा आम सर्वसाधारणहरुले बिरोध जनाएका थिए ।

काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्शा पास गरेको देखाउनु पर्ने दाबी पाण्डेले गर्नुभयो । नगरप्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिपछि सर्वसाधारणहरु आक्रोशित बनेका थिए ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सन्तोष ढुंगेलले पनि अनामनगर क्षेत्रका घरधनीले व्यवसायिक नक्शा पास नगरेको भन्दै निजी निवासमा पनि पार्किङको नक्सा पास हुनुपर्ने धारणा राखेपछि पीडीतहरुले ढुंगेलबिरुद्ध नाराबाजी गरेका थिए ।

महानगरपालिकाले ज्यादती गरेको भन्दै स्थानीयले महानगरको गाडीलाई झन्डै ४ घण्टा नियन्त्रणमा लिएका थिए ।