२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने



अ+ अ-

एजेन्सी । विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् । फ्रान्सलाई हराउँदै उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमबाट आगामी यात्राबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए ।

मेसीले जवाफमा ‘म फुटबललाई माया गर्छु’ भने । ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको बताए । यस्तै उनले करियरको अन्त्य यसैगरी गर्न चाहेको समेत उल्लेख गरे ।

मेसीको यो पाँचौ विश्वकप हो । फाइनल अघिनै मेसीले फ्रान्सविरुद्धको खेलसँगै विश्वकप यात्रा सकिने बताएका थिए । आगामी २०२६ को विश्वकपमा मेसी ३९ वर्षका हुनेछन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले चार वर्षपछिको विश्वकपमा पनि मेसीलाई टिममा राख्ने प्रतिक्रिया जनाएका छन् ।

मेसीसँग खेल्न पाउनु र उनलाई प्रशिक्षण गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको स्कालोनी बताउँछन् ।

२०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिन स्कालोनीले नै मेसीलाई आग्रह गरेका थिए । कोपा अमेरिकामा टोलीको हारपछि मेसीले सन्यासको घोषणा गरेका थिए ।

राष्ट्रपतिसहित अर्जेन्टिनाका सबैले उनलाई यो निर्णय फिर्ता लिन आग्रह गरे । मेसी सन्यासबाट फर्किए र २०१८ को विश्वकपमा टोलीको नेतृत्व गरे । यद्यपि, त्यसबेला अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि मेसी फेरि अन्तर्राष्ट्रिय फुटबल छाड्ने मनसायमा पुगेका थिए ।