२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस १० भित्र नयाँ सरकार बन्छ,दल बाहिरको व्यक्ति राष्ट्रपति हुदैन: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ ।

चितवनमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समयसीमाभित्रै नयाँ सरकार गठन हुने बताउनुभयो । गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने उहाँको भनाइ थियो ।

“राष्ट्रपतिले दिनुभएको समयअनुसार ७ दिनभित्रै नयाँ सरकार बन्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “गठबन्धनभित्र को प्रधानमन्त्री भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धनको बैठक बस्छौँ, गठबन्धनबाट सजिलै निर्णय हुन्छ ।”

उहाँले गठबन्धनभित्र आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा समझदारी बनेको बताउनुभयो । आफूले औपचारिकरुपमा प्रधानमन्त्री बन्ने विषयमा गठबन्धनमा कुरा नराखिसकेको भए पनि मुलुकको नेतृत्व लिने अवसर आए जिम्मेबारी भने लिने बताउनुभयो ।

“बाहिर तपाईंले सुनेजस्तो मैले गठबन्धनभित्र औपचारिक दाबी गरिसकेको छैन”, उहाँले भन्नुभयो । मिलेसम्म गठबन्धनबाट प्रधानमन्त्री बन्ने अन्यथा नमिले एमालेसँग मिलेर तपाईं प्रधानमन्त्री बन्ने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “ ‘त्यो कुरा जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन ।”

निर्वाचनपछि सबै राजनीतिक दल र नेताहरुसँग छलफल हुनु स्वाभाविक प्रक्रिया भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री बन्नकै लागि आफूले सबै कुरा दाउमा नराखेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘कतिपय बुद्धिजिवी साथीले सुझाव दिएको हो तर त्यो अब सम्भव छैन । यो कुरा टुङ्गिसकेको छ ।’

 

 

 




भर्खरै