२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजका क्रममा कोभिड संक्रमण नभएको साउदी सरकारको जानकारी



अ+ अ-

रियाद । साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएका छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ ।

हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपायहरु अपनाएको बताएको छ ।  त्यसै कारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो ।

साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताउनुभयो । उहाँले साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।

त्यसैगरी यहाँको सरकारले स्वदेशी नागरिकलाई जम्मा ६० हजार जनालाई मात्र हजका लागि आउन दिएको थियो । त्यसैगरी विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो । यसका कारणले गर्दा साउदी अरेबियामा हालै सम्पन्न हज सेसन सुरक्षित रुपमा सम्पन्न भएको, अर्थात् कोभिड फ्रि रुपमा नै यो सम्पन्न भएको उहाँले जानकारी दिनुभएको हो । (रासस-सिन्ह्वा)