काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (बिहिबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) बढेर प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १२८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







