काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु ७ सयले घटेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार)बढेर प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १२६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







