काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य पुनः बढेको छ । सुनको मुल्य तोलामा रु ४ सयले बढेको हो । हिजो (सोमबार) प्रतितोला रु ९२ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) बढेर प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार ७ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १२८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







