काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु २ सयले बढेको हो । हिजो (आइतबार) प्रतितोला रु ९२ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) बढेर प्रतितोला रु ९२ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार ३ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १२९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







